बजारमा संकट भएपनि माछापुच्छ्रे सेक्युरिटिजले धेरै जनतामा पुगेर सेवा दिन्छ : सिईओ लम्साल (भिडिओसहित)

काठमाडौँ । माछापुच्छ्रे बैङ्क लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन भएको छ । गत बिहीबारका दिन आयोजना गरिएको एक औपचारिक कार्यक्रमका बिच नेपाल धितो पत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले उक्त माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन गरेका हुन् ।

काठमाडौँका जमलस्थित नेपाल चेम्बर भवनमा कार्यालय रहने गरी माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले औपचारिक रूपमा कार्य शुभारम्भ गरेको हो । माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल धितो पत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितो पत्र बजारको विकास र बिस्तार को लागी माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उनले धितो पत्र बजारमा नयाँ सेक्युरिटिजको रूपमा उदय भएकोमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडलाई स्वागत गर्दै लगानीकर्ताहरूमा धितो पत्र कारोबारको विश्वसनीयता बढाउँदै आगामी दिनमा कार्य सफलताको लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैङ्क लिमिटेडका पूर्व अध्यक्ष एवं गैर आवासीय सङ्घका संस्थापक अध्यक्ष डा।उपेन्द्र महतोले माछापुच्छ्रे बैङ्कको सहायक कम्पनीको रूपमा दर्ता भई धितो पत्र बजारमा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले माछापुच्छ्रे बैङ्कले जस्तै देशको आर्थिक गतिविधिमा महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

माछापुच्छ्रे बैङ्कका अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पूर्वाधार तथा नियमन व्यवस्थाहरूको पूर्ण परिपालना हुने गरी व्यावसायिक, पारदर्शी र विश्वसनीय तरिकाले धितो पत्र बजारको सेवा प्रदायकको रूपमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले आफूलाई उभ्याउन सकोस् भन्ने शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैङ्क, माछापुच्छ्रे क्यापिटल तथा, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडका सञ्चालक समितिका पदाधिकारीहरू, विभिन्न सेक्युरिजिट लिमिटेडका पदाधिकारीहरू, माछापुच्छ्रे बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) पुरुषोत्तम लम्सालले बजारमा संकट भएपनि आफूहरू धेरै जनतामा पुगेर सेवा दिने बताए । न्युज दैनिकसँग कुराकानी गर्दै उनले एउटैले धेरै भन्दा पनि सानो-सानो तर धेरैले कारोबार गरोस् भन्ने रणनीतिक उद्देश्य रहेको बताएका हुन् ।

उनले तल बसेको बजार माथि गइदियोस् भन्ने सबैको चाहना भएको बताउँदै प्रविधिको प्रयोगसँगै क्षमता भएका जनशक्तिहरूलाई परिचालन गरेर अगाडि बढ्ने बताए । ‘देशको परिवेश, अन्तर्राष्ट्रिय परिस्थिति, आर्थिक अवस्था लगायतका कारणले गर्दा जुन हुन पुग्यो । अब बिस्तारै अगाडि बढ्छ, हाम्रो आर्थिक अवस्था र बजार सँगसँगै कम्पनी पनि अगाडि बढ्छ भन्ने हाम्रो मान्यता छ,’ सिईओ लम्सालले भने, ‘झण्डै सयको हाराहारीमा हामीजस्तो संस्था रहेकोले हामी पनि प्रतिस्पर्धी रुपमा अगाडि जान्छौँ । राष्ट्रियस्तरको ठूलो वाणिज्य बैंक हामीसँग ब्या’कपमा रहेको कारणले प्रविधिको प्रयोग र उच्चतम क्षमता भएका जनशक्तिहरूलाई परिचालन गर्दै अगाडि बढ्ने योजना रहेको छ ।’

काठमाडौं केन्द्रित मात्र नभएर ठूला शाखा हुँदै देशभरी पुग्ने हाम्रो लक्ष्य राखेका उनले बताए । एउटैले धेरै भन्दा पनि सानो सानो तर धेरैले कारोबार गरोस् भन्ने रणनीतिक उद्देश्य रहेको सिईओ लम्सालले सुनाए । ‘सबैलाई अप्ठ्यारो छ । सम्पूर्ण नेपाली र सरकारलाई पनि अप्ठ्यारो छ । यसमा सबैभन्दा ठूलो टिक्ने कुरा हो । त्यो कसरी त भन्दा- अब नयाँ कस्टुमरहरुसँग बढी जाने योजना लिएका छौं,’ उनले भने, माछापुच्छ्रे बैङ्कसँग धेरै शाखाहरू छन् । ती शाखाहरूमार्फत काठमाडौं केन्द्रित मात्र नभएर ठूला शाखा हुँदै देशभरी पुग्ने हाम्रो लक्ष्य हो । एउटैले धेरै भन्दा पनि सानो-सानो तर धेरैले कारोबार गरोस् भन्ने उद्देश्य हामीले राखेका छौं ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मुल्यमा कीर्तिमान

काठमाडौँ । सुनको मूल्य एकैदिन १७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको हो । यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

प्रतिकृया दिनुहॊस