कांग्रेसले गर्‍यो राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाली कांग्रेस पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दल दर्ता लगायतका कामका लागि अधिकार दिएको थियो । त्यसपछि मुख्यसचिव पौडेलले निर्वाचन आयोग पुगेर निर्वाचनका लागि दल दर्ता गराए ।

आयोगले राष्ट्रियसभा निर्वाचनका लागि आज (शुक्रबार) सम्म दल दर्ताको म्याद तोकेको छ । यसैगरी पुस १ गते (आइतबार) राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गर्ने र ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइएको आयोगको निर्वाचन कार्यतालिका रहेको छ ।

राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री