परराष्ट्र सचिवमा सेवा लम्साल

काठमाडौं । सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन् । बिहीबार मन्त्रिपरिषद् बैठकले लम्साललाई सचिवमा बढुवा गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले परराष्ट्रतर्फ रिक्त एक सचिव पदका लागि सहसचिव लम्सालको एकल नाम सिफारिस गरेको थियो । बढुवासँगै लम्सालको परराष्ट्र मन्त्रालयको सचिवमा पदस्थापन पनि भएको छ ।

मन्त्रालयका सचिव भरतराज पौड्याल राजदूतमा सिफारिससँगै गत साता अनिवार्य अवकाशमा गएसँगै रिक्त भएको मन्त्रालयको सचिव पदमा सहसचिव लम्सालको नाम मात्रै सिफारिस भएको थियो । यससँगै सचिव लम्सालले परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिवको इतिहास रचेकी छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री