काठमाडौँ । लागुऔषध काराबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । ललितपुरको झम्सीखेलमा मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
महाशाखाको टोलीले गोली प्रहार गरी एक जनालाई पक्राउ गरेको जनाएको छ । उदयपुरका अविनास राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले पेस्तोल समेत बरामद गरेको छ । राईको साथबाट प्रहरीले लागुऔषध आइस बरामद गरेको महाशाखाका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
तपाईंको प्रतिकृया




