ओलीलाई ९ वर्षीय बालकको पत्र- विदेश जानुपर्ने बाध्यता अन्त्य गरिदिनुस्

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पेट पाल्नको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न भन्दै एक बालकले पत्र दिएका छन् । सुर्खेतबाट सल्यान हुँदै जाजरकोट पदयात्राका क्रममा ९ वर्षीय बालक किशोर पौडेलले उनलाई पत्र दिएका हुन् ।

उक्त पत्रमा ‘म र म जस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नको लागि विदेश जानै पर्ने अवस्थाको अन्त्य गरिदिनुस्’ भन्दै बालकले अनुरोध गरेका छन् । ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त पत्र सार्वजनिक गर्दै मध्यपहाडी राजमार्ग निर्माण थालिएको त्यसकै लागि भएको बताएका छन् ।

उनले भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि भन्दै यसलाई छिटो सम्पन्न गर्नुपर्ने बताए । उनले स्ट्याटसमा लेखेका छन् ‘हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ । ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौँ । सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन् । यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ ।’

उनले ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार र चिल्ला सडकहरूले उक्त बालकको सपना पुरा गर्न सघाउने बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस