एकैदिन २४ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २४ सय रुपैयाँले घटेको हो ।

छापावाला सुन प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख २ हजार १९५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार ७२५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ८६ पैसा तोकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस