दराज ११.११ सेलमा ग्राहकले पाए करोडौंको छुट

काठमाडौं । दराज ११.११ सेलमा लाखौं ग्राहकहरुले करोडौंको छुट पाएको कम्पनीले जनाएको छ। गत कार्तिक २५ गते उक्त बिक्री मेला सार्वजनिक भएको थियो ।

यो वर्षको ११.११ सेलमा ५० लाख ग्राहकले दराजबाट सामान खरिद गरेको कम्पनीको भनाइ छ। बिक्रेताहरूको अनलाइन व्यवसाय बढाउन मद्दत गर्ने उद्देश्यले विभिन्न ब्राण्ड तथा क्रेताहरुलाई प्रशिक्षण प्रदान गरेर दराजले सफलतापूर्वक १९ हजार बिक्रेताहरुको संजाल निर्माण गर्न सफल भएको छ।

दराजले इ–कमर्सलाई पहुँचयोग्य बनाउन र स्थानीय समुदायहरूलाई उत्कृष्ट मूल्यमा विविध सामानहरु प्रदान गरेर उनीहरूको जीवनको गुणस्तर सुधार्न सफल भएको जनाएको छ। ११.११ सेलमा तेल, घिउ जस्ता रासनका सामानहरु अत्यधिक बिक्री गरिएको दराजले जनाएको छ।

दराजले राजधानी बाहिरका बिक्रेताहरुलाई पनि समान अवसर प्रदान उद्देश्यले देशका १०८ स्थानहरुबाट सेवा प्रवाह गर्ने गरेको छ। जसले गर्दा सेलको अवधिमा काठमाडौं उपत्यका बाहिरका खरिदकर्ताहरुको संख्यामा ६ सय प्रतिशतको भारी वृद्धि देखिएको छ ।

सेल सुरु भएको १९ मिनेटमै दराजले पहिलो ५०० अर्डर प्रप्त गर्न सफल भएको थियो, साथै सामान्य समयको तुलनामा ११.११ सेलमा दराजको बिक्रि ४६ प्रतिशतको बृद्धि पनि देखिएको थियो।

दराजकी प्रबन्धक निर्देशक आँचल कुँवरले यो चुनौतीपूर्ण समयमा ग्राहकहरुको लागि उत्कृष्ट मूल्यमा सर्वोत्कृष्ट सामान उपलब्ध गराउनमा प्रतिबद्ध रहेको बताइन्। दराजले सेलमा काठमाडौंदेखि महेन्द्रनगरसम्म करिब ५२२ किलोमिटरको सबैभन्दा लामो यात्रा तय गरेर सामान डेलिभरी गरेको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस