केही पूर्व पार्टीका व्यक्तिहरु गलत प्रवृत्ति बोकेर आएको देखिन्छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ दलमा अवसर पाइन्छ भन्ने लोभले आएका व्यक्तिहरूले पार्टीलाई बदनाम गराउने सम्भावना भएको बताएका छन् । बुधवार महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका उनले यस्तो बताएका हुन् ।

उनले रास्वपमा अन्य दलबाट प्रवेश गर्ने अधिकांश असल, निष्ठावान र इमानदार भएपनि केही व्यक्ति भने गलत प्रवृत्तिका रहेको स्वीकार गरेका हुन् । रविले प्रतिवेदनमा भनेका छन् ‘केही पूर्व पार्टीकै गलत प्रवृत्ति बोकेर आएको देखिन्छ । फरक राजनीतिक संस्कार र संस्कृतिको पक्षपाती हामीलाई तीमध्ये खराबहरूले क्रमशः दबाब र प्रभावमा पनि पार्न सक्ने देखिन्छ।’

उनले अरु दलमा उचित स्थान नपाएर, स्वार्थ पूरा हुने नदेखेर रास्वपामा अवसरका लागि प्रवेश गर्नेप्रति सचेत हुन उनले पार्टीपङ्तिलाई आग्रह पनि गरेका छन् । उनले पार्टीको संगठनप्रति आकर्षण रहेकाले सचेत बन्नुपर्ने जोड दिए । ‘नयाँ दलमा तत्काल सम्भावनाको अवसर पाइन्छ भन्ने लोभले आएकाहरूले हामीलाई बदनाम गराउने सम्भावना पनि बढी नै हुन्छ । यसतर्फ पनि हामी बेलैमा सचेत हुनुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।

‘हामी बेलैमा सचेत र सजग भएनौँ भने पुराना राजनीतिक दलको गलत प्रवृत्ति रास्वपामा छिट्टै सर्छ । पुरानो प्रवृत्ति लिएर हामी सफल हुन सक्दैनौँ’, सभापति लामिछानेले प्रतिवेदनमा भनेका छन् ।

विसंगति भित्रन नदिन पार्टीका सबै तहमा विधि तय गरिएको लामिछानेले प्रतिवेदनमा लेखेका छन् । पार्टीका विभिन्न संरचनाको नेतृत्वमा असल मान्छे ल्याउन धेरै काम गर्नुपर्ने देखिएको पनि लामिछानेले बताएका छन् ।

उनले पुराना दलको प्रवृत्तिलाई आफ्नो पार्टीमा निषेध गर्नुपर्ने र ती पार्टीभित्र निषेध गरिएका असल व्यक्तिलाई पार्टीमा ल्याउनुपर्ने उल्लेख गरेका छन् । ‘राम्रो टिम बनाउने बहानामा फउल खेल्ने खेलाडीलाई भित्र्याउन सकिन्न’ उनले भनेका छन् । इमानदार व्यक्ति पार्टीमा भित्र्याउन लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको अवधारणा उनले अघि सारेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस