बागमतीसहित चार प्रदेशमा हल्का वर्षा, हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ । अहिले देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बुद्धनगर सरसफाइ कार्यक्रम : ५००औं हप्ताको सफाइ समापन (फोटो फिचर) 

काठमाडौं । बुद्धनगर सरसफाइ कार्यक्रमले सफाइका ५०० हप्ता पूरा गरेको छ । कार्यक्रमअन्तर्गत शनिबार सेतो गणेशस्थान मन्दिरदेखि डिडिआई बेङ्क्वेटसम्म ५००औं हप्ताको सफाइ गरिएको हो । बुद्धनगर सरसफाइ समूहद्वारा २०७२ वैशाख ५ गते सुरु गरिएको सफाइ कार्यक्रमले अनवरत रुपमा सफाइ गरेपछि बुद्धनगर क्षेत्रमा जथाभाबी फोहर फाल्ने प्रवृत्तिको अन्त्य भएको र सडक सफा देखिन थालेको छ । सफाइ कार्यक्रमको प्रमुख अभियानकर्मी सांसद मोहन कुमार राई हुन् । 

प्रतिकृया दिनुहॊस