संविधान कार्यान्वयनमा जोड दिने कांग्रेसको निष्कर्ष

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँगेसले संविधान कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ । बुधवार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले संघीय गणतन्त्र बिरोधी गतिविधिलाई निस्तेज पार्न पनि संविधान कार्यान्वयनमा क्रियाशील हुनुपर्ने निष्कर्ष निकालेको हो ।

संविधानको कार्यान्वयन नभएकाले संघीय गणतन्त्रमाथि टिक्काटिप्पणी हुने गरेकाले त्यसको पूर्ण कार्यान्वयनको पक्षमा क्रियाशील हुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

 बैठकले पश्चिम नेपालका भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि एकै किस्तामा बजेट दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकै किस्तामा दिन सरकारलाई सुझाव दिइएको पनि प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

बैठकमा पार्टी उपसभापति समेत रहनुभएका रक्षामन्त्री पूर्णबहादुर खडका र अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प प्रभावितहरुको राहतका लागि सरकारले गरेका कामबारे बैठकलाई जानकारी गराएका थिए । बैठकमा काँग्रेस नेताहरुले भूकम्प प्रभावित क्षेत्रका मानिसहरुको चिसोले ज्यान जानेक्रम शुरु भएकाले त्यसो हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । बैठकमा आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने पार्टी महासमिति बैठकको एजेण्डाबारे पनि छलफल भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस