दार्चुलामा अरिङ्गालले टोक्दा सामन्तको मृत्यु

काठमाडौं । अरिंगालको टोकाइबाट दार्चुलामा एक वृद्धको मृत्यु भएको छ। मंगलवार बिहान अरिङ्गालले टोक्दा महाकाली नगरपालिका–९ थाप्ला काटैका ९२ वर्षीय कल्याणसिंह सामन्तको मृत्यु भएको हो।

घर माथि रहेको सल्लाको रुखबाट झोरो निकाल्ने क्रममा अरिङ्गालले टोकेपछि सामन्त सख्त घाइते भएको ९ नम्बर वडाका सदस्य खिमसिंह सामन्तले बताए। घाइते अवस्थामा जिल्ला अस्पताल पुर्याइएका सामन्तको उपचारका क्रममै दिउँसो चार बजेतिर मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री