काठमाडौँ । नेशनल लाईफ इनस्योरेन्स कम्पनी लि. र काठमाडौँ इन्स्टिच्युट अफ चाईल्ड हेल्थ बिच सम्झौता भएको छ ।
बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधीन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ वर्ष सम्म प्रति वर्ष रु।२५ लाखका दरले वित्तीय सहयोग उपलब्ध गराउन सम्झौता भएको हो ।
कम्पनीको तर्फबाट आज एक समारोहका बिच कम्पनीको कार्यकारी प्रमुख श्री सुरेश प्रसाद खत्रीज्यू र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा।डा। भगवान कोईरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख श्री सुरेश प्रसाद खत्रीले पहिलो किस्ता रकम रु २५ लाख को चेक पनि सो संस्थालाई हस्तान्तरण गरे ।
समारोहमा प्रा।डा। भगवान कोईरालाले नेपालका सबै बाल बालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पुर्याउने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको र क्रमिक रुपमा देशको अन्य स्थानहरूमा समेत वाल स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको बताउँदै यस परियोजनाका लागि वित्तीय सहयोग उपलब्ध गराएकोमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।
यसैगरी कम्पनीको तर्फबाट कार्यकारी प्रमुख सुरेश प्रसाद खत्रीले, कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशील भई विगत देखी नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रहरूमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको संस्मरण गर्दै काठमाडौँ इन्स्टिच्युट अफ चाईलड हेल्थबाट निर्माणाधीन वाल अस्पतालको परियोजनामा योगदान पुर्याउन पाएकोमा खुसी व्यक्त गर्दै अस्पताल सञ्चालन पछि नेपालका बाल बालिकाहरूले सहज रुपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको बताए ।
प्रतिकृया दिनुहॊस