बबरमहलमा पैदलयात्रु आफैँले ट्राफिक लाइट बालेर बाटो काट्न मिल्ने (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा ल्याइएको छ । जिल्ला अदालत अगाडि यात्रु आफैँले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो ।

‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट बिहान १० बजेदेखि सञ्चालनमा ल्याइएकाेछ । पैदलयात्रीले लाइट थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्ने छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् ।त्यसपछि भने दुई मिनेट कुर्नुपर्ने छ । एक पटक बत्ती बलिसकेपछि २ मिनेटसम्म बत्ती बल्ने छैन ।

हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरूमा अटोमेटिक ट्राफिक लाइट जडान छन् । बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए । महानगरले काठमाडौँका विभिन्न ३६ विद्यालय अगाडि यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after