घर बनाउनेहरुका लागि ‘शिवम् सन्देश’ (भिडिओ)

के तपाईं घर बनाउँदै हुनुहुन्छ? या, घर बनाउने सोचमा हुनुहुन्छ? पख्नुहोस्, तपाईंको लागि एउटा अत्यन्तै उपयोगी खबर छ ।

एउटा आफ्नै घर होस् भन्ने इच्छा प्रायः सबैको हुन्छ र घर बनाउने सपना पुरा गर्न हामीले जीवनको ठुलो हिस्सा खर्चन्छौ पनि। बर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजना अनुरुपकै होस्, घर बनाउदा कुनै गल्ति कमजोरी नहोस् भन्ने चाहना सबैको हुन्छ । हाम्रो सपनाको घर निर्माण गर्ने क्रममा दुखले कमाएको सम्पत्ति बालुवामा पानी हाले सरि व्यर्थमा खर्च हुन नदिन सहि विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक र लाभप्रद हुन्छ । त्यसैले NS Quality Award 2019 बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले ‘शिवम् सन्देश’ लिएर आएको छ ।

‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं-जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरुको संग्रह हो। यसमा घर निर्माण पुर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरु समावेश गरिएको छ ।

घर बनाउने जग्गाको छनौट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने ? विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्याउने ? जस्ता थुप्रै अति उपयोगी जानकारीहरु समेटिएको ‘शिवम् सन्देश’ले ‘भरोसा अटुट सम्बन्धको’ भन्ने शिवम् सिमेन्टको नारालाइ अझै उचाइमा पुर्याएको छ ।

भुकम्प र बाढी/पहिरा जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने? इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ? साथै घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरु ’शिवम् सन्देश’मा समेटिएका छन् । साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरु पनि ’शिवम् सन्देश’मा समेटिएको छ ।

सन् २००३ मा मध्य नेपालको हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरि उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको छ  निर्माण व्यवसायी र सर्वसाधारणको भरोसा र विश्वास जित्दै आएको शिवम् सिमेन्टले लिएर आएको ’शिवम् सन्देश’ उपभोक्ता प्रतिको उत्तरदायित्व र जिम्मेवारीको उत्कृष्ट उदाहरण हो । शिवम् सन्देश, शिवम् सिमेन्टको आधिकारिक वेबपेज, फेसबुक, युट्युब र इन्स्टाग्राममा गएर हेर्न सकिन्छ ।

घर निर्माणका चरण जत्तिकै महत्वपूर्ण घर निर्माणको योजना पनि हो । आफूसँगै परिवारको सुरक्षित बसोबासका लागि सुरक्षित र टिकाउ घर निर्माणको योजनामा येथेष्ट समय खर्चनु हाम्रो दायित्व हो । आजको सावधानीले सबैको भविष्य सुखी सुरक्षित हुन्छ । अतः के तपाईं घर बनाउँदै हुनुहुन्छ ? या घर बनाउने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने पख्नुहोस्, एकचोटी ’शिवम् सन्देश’ अवस्य हेर्नुहोस् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after