सांकेतिक तस्बिर

फोहोरमा फालिएको अवस्थामा जुम्ल्याहा शिशुको शव भेटियो

काठमाडौं । सर्लाही सदरमुकाम मलङ्गवामा जुम्ल्याहा शिशुको शव फेला परेको छ । मलङ्गवा नगरपालिका-९, स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा जुम्ल्याहा शिशुको शव फेला परेको हो ।

सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पञ्जियार थारुकाअनुसार बटुवाले मृत शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । शिशु फाल्नेको खोजी सुरु गरिएको डिएसपी थारुको भनाई छ ।

अवैध सम्बन्धबाट गर्भ बसेपछि शल्यक्रिया गरी यी शिशु फालेको आशङ्का गरिए पनि यस सम्बन्धमा सूक्ष्म ढङ्गले अनुसन्धान अघि बढाइएको उनले बताए । सदरमुकाम मलङ्गवामा पटकपटक यसरी फालिएको नवजात शिशुको शव फेला पर्ने गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after