योगेश भट्टराई सवार गाडी तोडफोड

काठमाडौं । ताप्लेजुङमा एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको गाडीमाथि तोडफोड भएको छ ।

गृहजिल्ला ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले भट्टराई सवार गाडी तोडफोड गरेका हुन् ।

पहिचान पक्षधरको एक समुहले गाडीमा ढुंगा र लाठीले हानेका थिए । आक्रमणकारीले हानेको ढुंगा भट्टराई सवार गाडीको अगाडिको भागमा लागेको थियो । भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो । सिसाहरु छरपस्ट भए पनि मान्छे भने कोही घाइते नभएको प्रहरीले बताएको छ ।

आजै दिउसो भट्टराईलाई कालो झण्डा समेत देखाइएको थियो ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ । यसअघि एमालेकै प्रदेश सांसद मेन्याङ्बो, माओवादीका इन्द्र आङ्बो लगायतका नेतामाथि यही क्षेत्रमा आक्रमण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री