प्रस्तावित राजदूत पौड्यालमाथि कर्मचारीको कोटामा छोरीलाई विदेश पठाएको उजुरी

काठमाडौं । क्यानडाका लागि राजदूतमा सिफारिस भएका परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको संसदीय सुनुवाइ भइरहेको छ ।

सरकारले राजदूतमा सिफारिस गरेपछि संसदको सुनुवाइ समितिले पौड्यालमाथि उजुरी आह्वान गरेको थियो । पौड्यालमाथि सरकारी स्रोतको दुरूपयोग गरेको आरोप लागेको छ । उनीविरुद्ध परेको उजुरीमा सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा छोरीलाई स्वीजरल्याण्ड पठाएको उल्लेख छ ।

पौड्यालले प्रतिमहिना ६ लाख रूपैयाँ उपलब्ध हुने दुई वर्षको छात्रवृत्तिमा छोरीलाई पठाएको र छोरी सरकारी कर्मचारी नै नरहेको उजुरीमा उल्लेख छ । अहिले चलिरहेको पौड्यालमाथिको संसदीय सुनुवाइमा उनीमाथि परेको उजुरीबारे सांसदहरूले प्रश्न सोधिरहेका छन् ।

उनलाई सरकारले गत कात्तिक ३ गते क्यानडाका राजदूतका लागि सिफारिस गरेको थियो । परराष्ट्र सचिव रहेका पौड्यालको कार्यकाल यही मंसिर २० गते सकिँदैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संसदमा प्रस्तुत हुने रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बिहान बस्दैछ । बैठक नयाँ …

प्रतिकृया दिनुहॊस