बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६ सयले बढ्दा चाँदीमा ३५ रुपैयाँ बढेको हो ।

शुक्रबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको हो । तेजाबी सुनको मूल्य समेत आज तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले मात्रै बढ्दै १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेठ १८ ‘सिइओ कन्फरेन्स’ हुने

काठमाडौँ । नेपाल व्यवस्थापन संघले जेठ १८ शुक्रवार सिइओ कन्फरेन्स आयोजना गर्ने भएको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after