नेपाल वेयर हाउजिङको आइपिओ खुल्यो

काठमाडौं ।नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले आज (आइतबार) देखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ। कम्पनीले ११ लाख ४१ हजार दुई सय ५० कित्ता सेयर जारी गरेको हो।

कम्पनीको प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको आधारमा सेयर जारी गरेको हो। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।

यसमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले १३ लाख ७५ हजार कित्ता बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये, कम्पनीले पहिलो चरणमा १ लाख ३७ हजार पाँच सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले २७ हजार पाँच सय कित्ता सेयर कर्मचारी र ८८ हजार सात सय ५० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपिओलाई ‘बी बी माइनस रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको जनाउँछ। हिमालयन क्यापिटल सेयर बिक्री प्रबन्धक छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री