डाबर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख हस्तान्तरण

काठमाडौँ । डाबर नेपालले भूकम्प पिडितको राहतको लािग प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई कम्पनीका अध्यक्ष श्रीमती इश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले चेक हस्तान्तरण गरेको हो ।

डाबर नेपालले बिनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरु प्रति दुख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गदै यस संकटको घडीमा भूकम्प प्रभावित जिल्लाका जनतासँग ऐक्यवदतामा उभिएको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष

काठमाडौँ । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको बताएको छ । कोषको …

प्रतिकृया दिनुहॊस