चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको बिजुली निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको हो ।

प्राधिकरणका अनुसार साउनमा २ अर्ब १५ करोड, भदौमा ३ अर्ब ४८ करोड, असोजमा ४ अर्ब ४ करोड र कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको हो ।

विद्युत् निर्यातले नेपाल र भारतबीचको व्यापार घाटा कम गरेको र देशको विदेशी मुद्रा सञ्चितीमा योगदान पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगमलाई बिक्री गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

२८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य प्राप्तिका लागि तत्काल पीपीए खुला गर्नुपर्छ : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत उत्पादनको लक्ष्य हासिल गर्न सरकारलाई तत्काल विद्युत खरिद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरेका छन् । इप्पानको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट उत्पादनको महत्वाकांक्षी लक्ष्य पूरा गर्नका लागि विद्युत विधेयकमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रतिकृया दिनुहॊस