‘यो मन मेरो दोमन भो’ सार्वजानिक

काठमाडौं । किसन राईको स्वरमा रहेको गीत ‘यो मन मेरो दोमन भो’ सार्वजानिक भएको छ । दिनेश ‘काजी’ बान्तावाको संगीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देबेश राईको एरेञ्ज, मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भीमफेदी गाईजका निर्मलकुमार लामा (बिजी)ले निर्देशन गरेको गीतको भिडियोमा एलिसा राई, गीतकार निर्मलकुमार, मन्जित वाईबा, अञ्जन मोक्तान कान्छा र गायक किसनको अभिनय छ । सेवा रेकर्डिङमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियलबाट सार्वजनिक गरिएको हो ।

पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको भिडियोमा डोल्मोको सौन्दर्यता र जीवनशैलीलाई मन पराउने भिन्न भिन्न उमेर समूहका युवाहरूको डोल्मोप्रतिको आकर्षणलाई विषय बस्तु बनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री