विपिन जोशीलाई हमासले बन्धक बनाएको पुष्टि, अवस्था यकिन गर्न सकिएन : दूतावास (विज्ञप्तिसहित)

काठमाडौँ । कञ्चनपुरका विपिन जोशी विद्रोही हमास समूहको नियन्त्रणमा रहेको खुलेको छ । इजरायलमा हमासले गरेको आक्रमणपछि ४४ दिनदेखि सम्पर्कविहीन रहेका जोशीलाई हमासले गाजा क्षेत्रमा बन्धक बनाएको खुलेको हो ।

इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा गत अक्टोबर ७ मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगिएका विपिनको पछिल्लो अवस्था यकिन गर्न नसकिएको त्यहाँस्थित नेपाली दूतावासले जानकारी दिइएको छ ।

‘७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किबुत्ज-अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्’, दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘तथापि, श्री जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब चुनाव एक्लै लडेर गल्ती सच्याउन चाहन्छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताएका छन् । काठमाडौंमा शनिबार माओवादी केन्द्रले गरेको खबरदारी सभामा उनले विगतमा कांग्रेस, एमाले जस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताए ।

प्रतिकृया दिनुहॊस