काठमाडाैँ । प्युठानको नौबहिनी गाउँपालिका-३ खवांगमा आमाछोरा मृत भेटिएका छन् । खवांगको काइया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाहानेले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापा नेतृत्वको टोलीले यस बारेमा अनुसन्धान गरिरहेको छ ।
तपाईंको प्रतिकृया



