रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गर्यो नलगाडलाई पाचँँ लाख बराबरको न्यानो कंमल सहयोग

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भूकम्प पीडितलाई ५ लाख बराबरको न्यानो कंमल सहयोग गरेको छ । इन्स्योरेन्स लिमिटेडले जाजरकोटको लगाड नगरपालिकालाई ५ लाख बराबरको न्यानो कंमल सहयोग गरेको हो ।

‘प्राकृतिक विपत्तिले निम्त्याएको यो कठिन घडीमा हामी सम्पूर्ण पिडित र शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने हौसला मिलोस् भनेर कामना गर्दछौं’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस दुखद घडीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट नलगाड नगरपालिका, जाजरकोटलाइ रु ५००००० – (पाचँँ लाख ) बराबरको न्यानो कंमल सहयोग गर्ने भएको छ ।’

प्रभावित क्षेत्रमा रहेका अभिकर्ता र कर्मचारीहरूलाई उद्धार कार्य खटिन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ ‘जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहनुभएका हाम्रा सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा आ आफ्नो तरिकाले सक्दो साथ र सहयोग गरिदिनु हुन अनुरोध पनि गर्दछौं ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलराज शर्मा जोशी …

प्रतिकृया दिनुहॊस