साल्ट ट्रेडिङले बढायो चिनीको कोटा, अब खुद्रा पसलेले २० बोरा पाउने

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्रीका लागि खुद्रा किराना पसललाई प्रदान गर्दै आएको चिनीको कोटा बढाएको छ । साल्ट ट्रेडिङले उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्‍याएको हो ।

प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ । साल्ट ट्रेडिङका व्यवस्थापक ब्रजेश झाका अनुसार हालसम्म ४५० भन्दा बढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि लगिसकेका छन् । ‘काठमाडौँ उपत्यकासहित अन्यत्रका खुद्रा किराना पसलेले साल्ट ट्रेडिङबाट चिनी लिन सक्छन्,’ उनले भने।

सरकारले नै निर्धारण गरिदिएको प्रतिकिलो ११२.५० पैसामा खुद्रा बिक्रीकर्तालाई चिनी बिक्री गरेको हो । साल्ट ट्रेडिङले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकिलो ९७ रुपैयाँमा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ । सरकारले नियन्त्रणमा लिएको ७०० क्विन्टल चिनी नै कर्पोरेसनले सहुलियत दरमा बिक्री गरेको हो ।

दशैँ, तिहार, छठजस्ता मुख्य चाडबाडमा देशभर ३५ हजार मेक्ट्रिकटन चिनी खपत हुने गरेको आँकडा छ । तर, सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा पर्वका समयमा उपभोक्ताले सधैँ चिनीको समस्या भोग्दै आएका छन् ।

सरकारले साल्ट ट्रेडिङलाई भारतसँग १० हजार मेक्ट्रिकटन चिनी आपूर्तिका लागि अनुमति दिएको थियो । तर, भारत सरकारले केही महिना अगाडि चिनी निर्यातमा परिमाणात्मक बन्देज लगाएपछि आयात रोकिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पठाओले थप्यो ‘कार प्लस’ सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने

काठमाडौँ । पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरु गरेको छ । कम्पनीले पठाओ कार …

प्रतिकृया दिनुहॊस