राष्ट्रपति पौडेलले एक महिनाको तलब भूकम्पपीडितका लागि दिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडित तथा प्रभावित क्षेत्रका जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम दिने भएका छन् ।

जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि सो कोषमा उनले सो रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूको भ्रमण पनि गरेका छन् ।

शुक्रबार राति गएको विनाशकारी भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न उनी मंगलवार जाजरकोट पुगेका थिए । त्यसपछि उनले रुकुम पश्चिमका पनि विभिन्न ठाउँको भ्रमण गरेका थिए ।

भूकम्पबाट १५३ जना मानिसको मृत्यु भएको थियो भने ३६४ जना घाइते भएका छन् । भौतिक सम्पत्ति र धन तथा चौपायाको पनि थुप्रै क्षति भएको छ । अधिकांश घाइते जाजरकोट र रुकुम पश्चिमका भए पनि केही घाइते रोल्पालगायत अन्य जिल्लाका समेत छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उग्रतारा मेलामा देउवा दम्पती (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा देहिजात नामले प्रसिद्ध डडेल्धुराको उग्रतारा मेलामा सहभागी भएका छन् । शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार साँझ सकिएको छ । उग्रताराको प्रसाद ग्रहणपछि पूर्वप्रधानमन्त्री देउवाले स्थानीय वेद विद्याश्रमका निम्ति भौतिक पूर्वाधार निर्माणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाका दिन उग्रतारा मेला लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहॊस