सेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको छ ।

सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ ।

२८८ स्टकको ३० हजार ३६४ पटकको कारोबारमा ७८ करोड २७ लाख ४३ हजार २६४ रुपैयाँ बराबरको ३१ लाख ५७ हजार ६२ कित्ता सेयर किनबेच भएको छ ।

ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.०७ प्रतिशत बढ्दा पिपुल्स हाइड्रोपावर कम्पनी र नेपाल एसबिआई बैंकको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।

१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। बाँकी १ उपसमूहको परिसूचक स्थिर रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री