सानिमा बैंकले सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सानिमा बैंक लिमिटेडले सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् ।

 

बैंकको हाल  चुक्ता पुँजी ८ अर्ब १२ लाख रुपैयाँ रहेको छ । बैंकले नगद लाभांश घोषणा गरेपछि यसको सेयर मूल्य घटेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री