काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेर भूकम्पमा परी घाइते हुनु भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
उनको सचिवालयले दिएको जानकारी अनुसार उपप्रधानमन्त्री खड्काले घाइतेको स्वास्थ्य अवस्था, अस्पतालबाट पाएको सेवालगायत विषयमा चासो राखेका थिए । उपप्रधानमन्त्री खड्काले घाइतेको उपचारमा कुनै कमी नहुन नदिन चिकित्सकहरूसँग आग्रह गरे ।
सरकारले घाइतेको उपचार निःशुल्क गर्ने निर्णय गरेको जानकारी पनि उनले चिकित्सक र विरामीलाई सुनाएका थिए ।
तपाईंको प्रतिकृया



