नेपाल र यूएईबीचको खेलका सबै टिकट ‘सोल्डआउट’, घरमै बसेर टिभीमा खेल हेर्न आग्रह

काठमाडौं । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टि२० विश्वकप खेल्न पाउनेछ ।

यो खेलका लागि टिकट सोल्ड आउट भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानले विज्ञप्ति निकाल्दै नेपाल र यूएईबीचको खेलका लागि टिकट सोल्डआउट भइसकेकाले घरमै बसेर म्याच हेर्न समर्थकहरुलाई अनुरोध गरेको छ ।

यसअघि बिहीबार क्यानले एक विज्ञप्ति निकाल्दै सेमिफाइनलका लागि ३५ सय टिकटमात्र अनलाइनमार्फत काट्न सकिने जनाएको थियो । क्यानको टिकेटिङ पार्टनर आईएमई पे रहेको छ । क्यानले उक्त विज्ञप्तिबाटै खेलका लागि कुनै पाससमेत वितरण नगरेको जनाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वसन्त ऋतुकै पहिलो आरोहण सफल, १० शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

काठमाडौं । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको …

प्रतिकृया दिनुहॊस