सर्वसाधारणका लागि भिजन लुम्बिनी ऊर्जाको आइपिओ खुल्यो

काठमाडौँ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आज (बिहीबार) देखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले कुल २० लाख ७५ हजार २८५ कत्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरूलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर सहित गरी उक्त आइपिओ निष्कासन गरेको बताएको छ।

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।उक्त  आइपिओमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि मंसिर १ गतेसम्म लम्बिनेछ।

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आइआरएन डबल बी इस्युअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराइज क्यापिटलद्वारा ७.७२ करोड बराबरको नगद लाभांश पारित

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रूपमा सञ्चालित लक्ष्मी सनराइज क्यापिटल …

प्रतिकृया दिनुहॊस