सिटिजन्स बैंक र द्वारिका होटलबीच समझदारी

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल र बत्तिसपुतलीस्थित द द्वारिकाज् होटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारीपत्रमा हस्ताक्षरपछि बैंकका कार्डबाहक ग्राहकहरूले द्वारिका होटलद्वारा सञ्चालित माकोज् रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट १६ लाख ६७ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्र बैंकद्वारा कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक लगाएको छ । बैंकको …

प्रतिकृया दिनुहॊस