तोलामा हजार रुपैयाँ सस्तियो सुन, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज एकैदिन प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

छापावाल सुन प्रतितोला एक लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार चार सय २० रुपैयाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस