तोलामा हजार रुपैयाँ सस्तियो सुन, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज एकैदिन प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

छापावाल सुन प्रतितोला एक लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार चार सय २० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री