लियोनल मेस्सीले आठौँपटक जिते ‘बालोन डि ओर अवार्ड’

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । अर्जेन्टिनी तथा इन्टर मियामी फरवार्ड लियोनल मेस्सीले यस वर्षको बालोन डो अर अवार्ड जितेका छन् । फ्रेन्च फुटबलले हरेक वर्ष प्रदान गर्ने प्रतिष्ठित बालोन डो अर अवार्ड मेस्सीले सबैभन्दा बढी आठौँ पटक जितेका हुन् ।

गएराती पेरिसमा सम्पन्न कार्यक्रममा मेस्सीलाई सो अवार्ड दिइएको हो । अर्जेन्टिनालाई विश्वकप जिताएका मेस्सीले म्यानचेस्टर सिटीका इर्लिंग हालाण्ड र पिएसजीका किलीयन एम्बाप्पेलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

हालाण्ड पनि यो अवार्डका प्रमुख दाबेदार थिए । उनले सिटीलाई गत सिजनको प्रिमियर लिग र च्याम्पियन्स लिग जिताएका थिए । उनी दोस्रो भए भने एम्बाप्पे तेस्रो तथा म्यानचेस्टर सिटीका केभिन डी ब्रुने चौथो र सिटीकै रोड्री पाँचौं भएका छन् । मेस्सीले बालोन डो अर अवार्ड यसअघि २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा जितेका थिए ।

मेस्सीपछि यो अवार्ड पाँच पटक क्रिस्टियानो रोनाल्डोले जितेका छन् । रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जितेका थिए । रोनाल्डो भने २००३ देखि यता पहिलो पटक यस अवार्डका लागि मनोनयनमा थिएनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कप्तान सुनील क्षेत्रीले लिए सन्न्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् …

प्रतिकृया दिनुहॊस