हनुमान मन्दिरबाट १६ वर्षीया पूजा कुमारी पेस्तोलसहित पक्राउ

धनुषा । जनकपुरमा पेस्तोलसहित एक किशोरीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी धनुषाका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी छन् ।

उनलाई जनकपुरधामको रेल्वे स्टेसन नजिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पौने ८ बजे पक्राउ गरिएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ । रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको हो ।

यस्तै उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थानसमेत बरामद भएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको …

प्रतिकृया दिनुहॊस