हमासले दुई इजरायली बन्धकलाई छाड्यो, विपिनको अवस्था अझै अज्ञात

काठमाडौं । हमासले अपहरण गरेका दुई महिलालाई रिहा गरेको छ । अक्टोबर ७ मा दक्षिणी इजरायलको किबुज क्षेत्रबाट हमासले अपहरण गरेका दुई महिला योशवेद लिफसिट्ज र नुरिट कुपरलाई रिहा गरेको हो ।

उनीहरु बृद्ध महिला रहेका छन् । उनीहरुका ८५ र ८३ बर्षका पतिहरु अहिलेपनि आफैसँग रहेको हमासले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

हमासको अपहरणबाट मुक्त भएका दुई महिला अहिले इजिप्ट पुगेको र उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । उनीहरुलाई अहिले अस्पताल लागिएको र उनीहरुका आफन्तसँग भेट गराइएको इजरायलका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । हमासले अपहरण गरेकालाई छुटाउन इजिप्टले पहल गरेको र रेडक्रसले यसको मध्यस्थता गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण शुरु गरेपछि २ सयभन्दा बढीलाई अपहरण गरेर गाजा लागेको थियो । जसमा कैयौं विदेश नागरिक समेत रहेका छन् । आक्रमणपछि बेपत्ता कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ । असोज २० मा हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

किबुज अलुमिमबाट विपिनलाई विद्रोही समूहले आफूसँगै लगेको थियो । अपहरणपछि बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिनका साथीहरूका अनुसार हमास लडाकुहरूले आक्रमण गर्दा उनी बंकरमा नै थिए । लडाकुले प्रहार गरेको एउटा ग्रिनेडलाई हातैले टिपेर बंकरबाहिर फालेर साथीहरूलाई बचाएका थिए ।

सो आक्रमणपछि शुरु भएको युद्धमा अहिलेसम्म गाजामा ५ हजारभन्दा बढीको मृत्यु भएको छ भने इजरायलमा १४ सयभन्दा बढीको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कति छ प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ?

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । …

प्रतिकृया दिनुहॊस