काठमाडौं । कृषि विकास बैंकले गर्यो मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई सहयोग गरेको छ । बैकले संस्थालाई कम्प्युटर सहयोग गरेको हो । बैंकको फर्साटिकर उप¬शाखाद्धारा आयोजित कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले मोतिपुरमा लामोसमय देखि व्यवस्थित ढंगले खानेपानी वितरण गर्दै आएको र समाजमा सफल सस्थाको रुपमा पहिचान गर्न समेत सफल उक्त संस्थालाई कम्प्युटर हस्तान्तरण गरे ।
स्थानीय सर्वसाधारणको व्यापक उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सिटौलाले नेपाली जनताको आर्थिकस्तर उकास्न तथा देशमा आर्थिक समृद्धि ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गरे ।
उनले ५१ बर्ष अगाडी कृषकहरुको आर्थिक समृद्धिका लागि स्थापित कृषि विकास बैंकले हाल आधुनिक प्रविधि मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।
प्रतिकृया दिनुहॊस