राष्ट्रपतिले भीआईपीलाई १ र सर्वसाधारणलाई २ घण्टा विजयादशमीको टीका लगाइदिने

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन तीन घण्टा विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयबाट जारी प्रेस नोटअनुसार शीतलनिवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।

राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

पहिलो श्रेणीमा सम्माननीयहरू, उपप्रधानमन्त्री र मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय सांसदहरू, संवैधानिक निकायका पदाधिकारीहरू तथा विशिष्ट व्यक्तिहरू रहनेछन् ।

यस्तै निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकले राष्ट्रपतिबाट टीका ग्रहण गर्न सक्नेछन् । राष्ट्रपति कार्यालयले सबैलाई मर्यादित पोशाकमा आउन आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस