नेपाल लाइफको ‘तिमी यो दसैँमा के गर्छौ ?’ टिकटक प्रतिस्पर्धा, प्रथमलाई ३० हजार 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बडा दसैँको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । तिमी यो दसैँमा के गर्छौ ? नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ ।

हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३  प्रतिस्पर्धीहरू छनौट गरी प्रथम, द्वितीय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ । प्रथम हुनेलाई नगद रु. तीस हजार, द्वितीयलाई रु. बीस  हजार र तृतीयलाई रु. दस हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नुहुनेछ । दसैँले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ ।

यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडा दसैँ २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गर्नु भएको छ । कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरू आयोजना गर्ने उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३ महिनामै २० करोड नाघ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफा २० करोड नाघेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा …

प्रतिकृया दिनुहॊस