ब्राजिलमाथि २२ वर्षपछि उरुग्वेको जित

काठमाडौँ । दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट खेलमा ब्राजिल पराजित भएको छ । बुधबार बिहान सम्पन्न खेलमा उरुग्वेले ब्राजिललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा डर्विन नुनेज र निकोलस डे ला क्रुजले एक एक गोल गरेका थिए । यस खेलको पहिलो हाफमा नै ब्राजिलका नेइमार घाइते भएपछि मैदान छोडेका थिए । नेइमारको देब्रे घुँडामा चोट लागेको र उनलाई स्ट्रेचरमा मैदान बाहिर ल्याइएको थियो ।

उरुग्वेले २२ वर्षपछि पाँच पटकको विश्व च्याम्पियनलाई पराजित गरेको हो । यसअघि उरुग्वेले सन् २००१ जुलाईमा भएको दक्षिण अमेरिकी विश्वकप छनोटमै ब्राजिललाई १-० ले पराजित गरेको थियो । त्यसयता उरुग्वेले १२ खेलमा जित निकाल्न सकेको थिएन । जसमा ३ बराबरी र ९ हारको नतिजा थियो ।

विश्वकप छनोटमा ब्राजिलले सन् २०१५ पछि पहिलो हार बेहोरेको हो । यस हारसँगै ब्राजिल ४ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । उरुग्वेको समान ४ खेलबाटै ७ अंक रहेपनि हेड टु हेडमा दोस्रो स्थानमा उक्लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको यू-१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित

काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित …

प्रतिकृया दिनुहॊस