स्वास्थ्य क्षेत्रमै पहिलो आइपिओ जारी गर्दै ह्याम्स अस्पताल

काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ। कम्पनी पब्लिक लिमिटेडमा गए पछिको पहिलो साधारण सभाले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता सेयर जारी गर्ने निर्णय गरेको हो।

जुन जारी पुँजीको १५ प्रतिशत हो। प्रति कित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणमा सेयर जारी हुनेछ। अस्पतालले सेयर निष्कासनका लागि ब्रिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ।

यसैमध्येबाट बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ। बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ। साधारण सभाले आफ्ना सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। बेनस वितरणपछि कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ पुग्नेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने, कहाँ-कहाँ पाइन्छ ?

काठमाडौं । यसवर्षको दसैँका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि आजदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।

प्रतिकृया दिनुहॊस