खसीबोका बिक्री सुरु, कति छ जीउँदो खसीको मुल्य ?

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ । देशका विभिन्न ठाउँबाट ल्याइएका खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको हो ।

कम्पनीले खसीबोका तथा च्याङ्ग्राको मूल्य पनि निर्धारण गरेको छ । कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो ६ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो एक हजार दुई सय ६० मा बिक्री गर्नेछ । उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो १० छुट पाउनेछन् ।

कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री सुरु गरिएको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए । कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ ।

कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भएपनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । यस वर्षको दसैँमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

समृद्धि फाइनान्सले मनायो २३ औं वार्षिकोत्सव

काठमाडौं । समृद्धि फाइनान्सले २३ औं वार्षिकोत्सव उत्साहजनक साथ मनाएको छ। फाइनान्सले आर्थिक वृद्धिसँगै शारीरिक …

प्रतिकृया दिनुहॊस