नयाँ नोट सटही सुविधा शुक्रबारसम्म, नोटको सुरक्षित प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट साट्न सुरु गरेसँगै बैंकहरूमा सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । दसैँ, तिहार र छठका लागि राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न सुरु गरेको हो ।

काठमाडौं उपत्यकाभित्र केन्द्रीय बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिने व्यवस्था छ । वाणिज्य बैंकहरूले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ ।

केन्द्रीय बैंकका अनुसार सर्वसाधारणले असोज २९, ३० तथा कात्तिक १, २ र ३ मा नयाँ नोट साट्न पाउनेछन् । दसैँ-तिहारमा मात्र १५ अर्बभन्दा बढीको नोट सटही हुने गरेको राष्ट्र बैंकको भनाइ छ ।

अघिल्ला वर्षहरूजस्तै यसपालि पनि एकजनाले बढीमा १८ हजार पाँच सय रुपैयाँसम्मको नयाँ नोट साट्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसवर्ष असोज २९ गते घटस्थापना र कार्तिक ७ गते विजया दशमी रहेको छ । दसैँ टीका लगाएर नयाँ नोट दिने प्रचलन रहेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेशमान शाक्यले नयाँ नोटमा टिका लाग्ने मैलो, कालो लाग्ने च्यात्ने काम गर्न आह्वान गरे । उनले नोटलाई सुरक्षित साथ प्रयोग गरियो भने नोटको आयु लामो हुने बताए । सर्वसाधरणहरुले नोटलाई सुरक्षित रूपमा प्रयोग गरे राज्यले छिटो छिटो नोट छाप्नुपर्ने बाध्यता कम हुने उनको भनाई छ ।

उनले नोट सुरक्षित रूपमा प्रयोग गर्दा राज्यको करोडौँ रुपैयाँ बचत हुने बताए । सर्वसाधारणले सकेसम्म क्युआर कोड लगायत विद्युतीय कारोबार प्रणाली प्रयोग गर्न आवश्यक रहेको निर्देशक शाक्यले बताए । उनकाअनुसार आगामी दिनमा डिजिटल करेन्सी जस्तै अन्य उपायहरूमार्फत नोटको चलनचल्ती कम गर्न राष्ट्र बैंकको तयारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकले मनायो ३०औं वार्षिकोत्सव

काठमाडौँ । महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ । …

प्रतिकृया दिनुहॊस