पेवेल नेपाल र ‘जेएलओएन द ब्युटी बार’बीच सम्झौता

काठमाडौँ । पेवेल नेपाल र ‘जेएलओएन द ब्युटी बार’ बीच सम्झौता सम्पन्न भएको छ। पेवेल नेपालले एससिटी कोलाबोरेटेड बैंक तथा वालेटका ग्राहकहरूलाई छुट प्रदान गर्नका लागि ‘जेएलओएन द ब्युटी बार’सँग सम्झौता गरेको बताएको छ।

सम्झौताअनुसार ग्राहकले सैलुनसँग सम्बन्धित कुनै पनि सेवा शुल्कमा १५ प्रतिशत छुट पाउनेछन्। ग्राहकहरूले पेवेल नेपालद्वारा सञ्चालित जेएलओएन मर्चेन्ट क्युआर मार्फत् बिलको रकम भुक्तान गरेर उक्त छुटको लाभ लिन सक्ने बताइएको छ।

पेवेल नेपाल नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पिएसपी (भुक्तानी सेवा प्रदायक) एक उदीयमान फिनटेक कम्पनी हो। यो कम्पनी सन् २०१८ बाट सञ्चालनमा आएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

समृद्धि फाइनान्सले मनायो २३ औं वार्षिकोत्सव

काठमाडौं । समृद्धि फाइनान्सले २३ औं वार्षिकोत्सव उत्साहजनक साथ मनाएको छ। फाइनान्सले आर्थिक वृद्धिसँगै शारीरिक …

प्रतिकृया दिनुहॊस