घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलमा ७ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ३ सय रुपैयाँमा झरेको हो ।

तेजाबी सुनको मूल्य पनि आज तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने आज तोलामा अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष

काठमाडौँ । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको बताएको छ । कोषको …

प्रतिकृया दिनुहॊस