आजदेखि नयाँ नोट, एक जनाले कति साट्न पाइन्छ ?

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । आजदेखि नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ । नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर नयाँ नोट साटन पाइने भएको हो ।

नेपाल राष्ट्र बैंकले काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुविधा दिएको छ । उपत्यका बाहिरको हकमा भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभिन्न वाणिज्य बैंकका शाखा कार्यालयमा गएर नयाँ नोट साट्न सकिने गरी व्यवस्था मिलाएको छ ।

राष्ट्र बैंकले हरेक वर्ष दसैँअगावै चाडबाडको अवसरमा नयाँ नोट सटहीको सुविधा सर्वसाधारणलाइ दिँदै आएको छ । यसवर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबिका दुई म्युचअल फन्डको लाभांश घोषणा

काठमाडौँ । एनएमबि बैंकले प्रवर्द्धन गरेका दुई वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । …

प्रतिकृया दिनुहॊस