[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
काठमाडौं । अभिनेत्री उषा रजकले महानायक राजेश हमालसँग माफी मागेकी छिन् । कमेडी कार्यक्रममार्फत आफूले बोलेका र गरेका टिप्पणीलाई लिएर उनले हमालसँग सार्वजनिक रूपमा माफी मागेकी हुन् ।
शनिबार प्रसारित कार्यक्रम ‘आम्मा कसम याँ दुख्छ’ मा रजकले राजेश हमाललाई ‘ओभर रेटेड’ कलाकारको संज्ञा दिएकी थिइन् । उनले हमालको अभिनय र नृत्य कौशलमा प्रश्न उठाएकी थिइन् । कार्यक्रमको टिजर सार्वजनिक भएपछि नै रजकको अभिव्यक्तिबारे मिश्रित टिप्पणी भइरहेको थियो ।
कार्यक्रम प्रसारण भएपछि भने उनीबारे तीव्र आलोचना भयो र माफी नै माग्न बाध्य भइन् । ‘हाम्रा वरिष्ठ अभिनेता राजेश हमालजीसँग माफी माग्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन ।’
उनले फेसबुकमार्फत यस्तो लेखेकी छिन् :-
म,,उषा रजक, हाम्रा बरिष्ठ अभिनेता राजेश हमालजी सँग माफी माग्न चाहन्छु। मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन। वहाँको बौधिकताबाट प्रेरित, मैले हाम्रा महानायकको बारेमा, उहाँको महान कार्य र योगदानहरूको बारेमा धेरै राम्रा कुराहरू पनि भनेकी थिएँ तर मेरै दुर्भाग्यवश ती अभिव्यक्तिहरु डिजिटल तारहरु बीच कहिँ कतै हराए । अरु कसैलाई दोष नदिइ, कुनै बहाना नबनाउँदैन म मन देखि माफी माग्दछु । आखिर शब्द मेरै हुन् : मैले भनेको कुराको लागि म आफै माफी माग्दछु । Rajesh Hamal 🙏🏽💗🌸
प्रतिकृया दिनुहॊस