काठमाडौं । घटस्थापनाको दिनदेखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरूलाई २ वर्ष सम्मा इन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एम्.बि.पि.एस् देखी ३०० एम्.बि.पि.एस् सम्मका प्याकेजहरू जडान गर्न सक्ने छन् । जसमा ग्राहकले ५० एम्.बि.पि.एस् देखी २५० एम्.बि.पि.एस् सम्म फाईभ-जी राउटर पाउनेछन भने ३०० एम्.बि.पि.एस् को प्याकेज लिने ग्राहकले वाईफाई-६ राउटर पाउने छन् ।
थप जानकारीको लागि आफू नजिकैको DH Fibernet डिलर दाइ अथवा आजै नै 01-5970365 मा सम्पर्क गर्नुहोस् । यो चाडपर्वमा थप उत्साह ल्याउने “Festive 24 Months Package” अफरको फाइदा लिन आजै DH Fibernet को नयाँ कनेक्सन जोड्नुहोस् ।
यसअघि एसिया कपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरूको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो ।
एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा अफर घटस्थापना (असोज २८) देखि पूर्णिमा (कार्तिक ११) सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।




