आइतबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाल सुनचाँदी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य स्थिर रहेको जनाएको हो ।

महासंघले शनिबार एकै दिन २ हजार ९०० रुपैयाँ बढाएको थियो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ कायम रहेको जनाएको छ । आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ । हिजो शनिबार पनि यही मूल्य कायम थियो ।

चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ । हिजो शनिबार पनि यही मूल्यमा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री